नेपाल सम्वत् ११४६, तछलागाः १३ चर्तुदशी (२९ अषाढ, २०८३, १३ जुलाई, २०२६) सोमबार, बाँपिझ्याला । नेपाली कम्युनिस्ट पार्टीले देशका प्रमुख सञ्चारगृहहरूको प्रवेशद्वारमा शंकास्पद रूपमा सवारीसाधन राखी पत्रकार तथा सञ्चारकर्मीको नियमित कार्यसम्पादनमा अवरोध पुर्याइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
सोमबार जारी प्रेस विज्ञप्तिमा पार्टीले उक्त घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष हस्तक्षेप गरेको उल्लेख गर्दै यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता र संविधानविपरीत रहेको जनाएको छ। प्रेसलाई त्रसित बनाउने, दबाब सिर्जना गर्ने र स्वतन्त्र समाचार सम्प्रेषणमा अवरोध पुर्याउने प्रयास कुनै पनि हालतमा स्वीकार्य नहुने पार्टीको धारणा छ।
पार्टीले भ्रष्टाचार, कुशासन, सहकारी पीडित, लघुवित्त पीडित, बेरोजगारीलगायत जनसरोकारका विषय उठाइरहेका सञ्चारमाध्यमलाई लक्षित गरी हुने यस्ता गतिविधि लोकतान्त्रिक समाजका लागि गम्भीर चिन्ताको विषय भएको जनाएको छ।
नेपाली कम्युनिस्ट पार्टीले घटनाको निष्पक्ष र शीघ्र अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्न तथा पत्रकार र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। साथै, प्रेसमाथिको दबाब र त्रास अन्त्य गरी स्वतन्त्र र निर्भीक पत्रकारिताका लागि आवश्यक वातावरण निर्माण गर्न पनि आग्रह गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij