नेपाल सम्वत् ११४६, तछलागाः १३ चर्तुदशी (२९ अषाढ, २०८३, १३ जुलाई, २०२६) सोमबार, बाँपिझ्याला । प्रेस सेन्टर नेपालले विभिन्न सञ्चारमाध्यमका कार्यालयको प्रवेशद्वारमा शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीको नियमित कार्यसम्पादनमा अवरोध पुर्याइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार जारी प्रेस विज्ञप्तिमार्फत सेन्टरले काठमाडौंका केही सञ्चारगृहमा पत्रकार र कर्मचारीको आवतजावतमा बाधा पुर्याउने तथा त्रासपूर्ण वातावरण सिर्जना गर्ने गतिविधि प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उल्लेख गरेको छ।
विज्ञप्तिमा नेपालको संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको सुसूचित हुने अधिकारविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारिएको छ। सञ्चारगृह र पत्रकारमाथि हुने दबाब, धम्की, अवरोध तथा हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दै यस्ता गतिविधिले लोकतान्त्रिक मूल्य–मान्यता र मौलिक अधिकारमा आघात पुर्याउने जनाएको छ।
प्रेस सेन्टर नेपालले सम्बन्धित सुरक्षा निकायसँग घटनाको तत्काल छानबिन गरी दोषी व्यक्ति वा समूहको पहिचान गर्न, कानुनी कारबाहीको दायरामा ल्याउन तथा सञ्चारगृह र पत्रकारको सुरक्षा सुनिश्चित गर्न माग गरेको छ।
साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि सम्पूर्ण सञ्चारकर्मी, प्रेससम्बद्ध संघ–संस्था र लोकतन्त्रप्रेमी नागरिकलाई सजग र एकताबद्ध रहन पनि प्रेस सेन्टर नेपालले आह्वान गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij