नेपाल सम्वत् ११४६, तछलागाः १३ चर्तुदशी (२९ अषाढ, २०८३, १३ जुलाई, २०२६) सोमबार, बाँपिझ्याला । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्ट्रोम) ले इरानविरुद्ध नयाँ चरणको हवाई आक्रमण सुरु गरेको जनाएको छ। सेन्ट्रोमका अनुसार आइतबार स्थानीय समयअनुसार साँझ ५ बजेदेखि थप हवाई कारबाही सञ्चालन गरिएको हो। अमेरिकी सेनाले सामाजिक सञ्जाल ‘एक्स’मार्फत आक्रमणको पुष्टि गरेको छ।
सेन्ट्रोमले जारी गरेको विज्ञप्तिअनुसार हर्मोज जलडमरूमध्य हुँदै आवतजावत गर्ने व्यावसायिक जहाज तथा गैरसैनिक नाविकहरूमाथि इरानले आक्रमण गर्न सक्ने क्षमतालाई कमजोर बनाउने उद्देश्यले लक्षित प्रहार गरिएको हो।
अमेरिकी सेनाले अन्तर्राष्ट्रिय जलक्षेत्रमा जहाजहरूको सुरक्षित र निर्बाध आवागमन सुनिश्चित गर्न तथा व्यावसायिक जहाज र नाविकमाथि हुन सक्ने आक्रमण रोक्न यो कारबाही गरिएको जनाएको छ।
सेन्ट्रोमका अनुसार इरानको सैन्य क्षमतालाई क्रमिक रूपमा कमजोर बनाउने रणनीतिअन्तर्गत यस्ता लक्षित हवाई आक्रमणलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij