सुटिङको क्रममा कलाकार दिपाश्री निरौलाको अचानक ब्रेन ट्युमर भएको पत्ता लागेपछि उहाँ र उहाँको परिवारका लागि कठिन परिस्थिति सिर्जना भएको थियो। स्वास्थ्य अवस्थालाई तत्काल ध्यान दिँदै चिकित्सकहरूले छिटो शल्यक्रिया आवश्यक रहेको बताएका थिए।
उपचारका लागि भारत जानुपर्ने सुझावसमेत आए पनि अन्ततः नेपालमै अनुभवी न्युरोसर्जन डा. वसन्त पन्तमार्फत उपचार गराउने निर्णय गरिएको थियो। डा. पन्तको नेतृत्वमा गरिएको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको परिवारले जानकारी दिएको छ।
शल्यक्रियापछि दीपाजीलाई आईसीयूमा राखेर चिकित्सकीय निगरानीमा उपचार गरिएको थियो। हाल उहाँको स्वास्थ्य अवस्थामा सुधार आएपछि आईसीयूबाट जनरल वार्डमा सारिएको छ र स्वास्थ्यलाभ गरिरहनुभएको छ।
यस कठिन समयमा शुभकामना, माया र आशीर्वाद प्रदान गर्ने सम्पूर्ण दर्शक तथा शुभचिन्तकहरूप्रति परिवारले धन्यवाद व्यक्त गरेको छ। साथै दीपाजीको उपचारमा खटिएका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको योगदानप्रति पनि आभार व्यक्त गरिएको छ।
परिवारले भगवान पशुपतिनाथको कृपा र सबैको शुभेच्छाले दीपाजी छिट्टै पूर्ण रूपमा स्वस्थ हुने विश्वास व्यक्त गरेको छ। कलाकार दिपकराज गिरीको फेसवुकमा उक्त व्यहोरा जनाई स्टाटस लेखिएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij