Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

विश्वकप फाइनलको मैदानको घाँस बिक्रीमा, एक टुक्राको मूल्य ४४५ डलर

विश्वकप फाइनलको मैदानको घाँस बिक्रीमा, एक टुक्राको मूल्य ४४५ डलर

नेपाल सम्वत् ११४६, तछलागाः १२ त्रयोदशी (२८ अषाढ, २०८३, १२ जुलाई, २०२६) आईतबार, बाँपिझ्याला । विश्वकप फुटबलको फाइनल खेल हुने मैदानको घाँस नै बिक्री गरिने भएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले जुलाई १९ मा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फाइनलमा प्रयोग हुने मैदानको घाँसका साना टुक्रा बिक्री गर्ने घोषणा गरेको हो।

फिफाका अनुसार १७.५×१७.५×१७.५ आकारको एक टुक्रा घाँसको मूल्य ४४५ अमेरिकी डलर तोकिएको छ। यद्यपि उक्त मापन इन्च, सेन्टिमिटर वा मिलिमिटरमध्ये कुन एकाइमा हो भन्ने स्पष्ट गरिएको छैन। फिफाले यसलाई विश्वकप फाइनलको ऐतिहासिक सम्झना स्वरूप सङ्ग्रह गर्न मिल्ने विशेष वस्तुका रूपमा प्रस्तुत गरेको छ।

यी घाँसका टुक्रा अमेरिका र युरोपका ग्राहकका लागि मात्र उपलब्ध हुनेछन्।

यसैबीच, मेटलाइफ स्टेडियमको मैदानको गुणस्तरलाई लिएर प्रतियोगिताभर खेलाडी र प्रशिक्षकहरूले आलोचना गर्दै आएका छन्। सामान्य अवस्थामा एनएफएल टोली न्युयोर्क जायन्ट्स र न्युयोर्क जेट्स ले यही स्टेडियममा कृत्रिम मैदानमा खेल्ने गर्छन्।

फिफाले विश्वकप फाइनलका टिकट पनि निकै महँगो मूल्यमा बिक्री गरिरहेको छ। सामान्य टिकटको मूल्य ३२ हजार ९७० अमेरिकी डलरसम्म पुगेको छ भने खाना र पेयपदार्थसहितको हस्पिटालिटी टिकट ३४ हजार ५०० अमेरिकी डलरसम्म बिक्री भइरहेको छ। टिकटको अत्यधिक मूल्यका कारण यसपटक फिफाले व्यापक आलोचना पनि खेपिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार