नेपाल सम्वत् ११४६, तछलागाः ११ द्वादशी (२७ अषाढ, २०८३, ११ जुलाई, २०२६) शनिवार, बाँपिझ्याला । दोलखाको भीमेश्वर नगरपालिका–२ मा मोटरसाइकल दुर्घटनामा परी स्थानीय राजु थामी गम्भीर घाइते भएका छन्। घटना आज अषाढ २७ गते दिउँसो करिब ३ बजे कोविदेउ अगाडि भएको हो।
परिवारका अनुसार राजु थामी गगरसतर्फ जाँदै गर्दा विपरीत दिशाबाट ग्यासको सिलिन्डर बोकेर आउँदै गरेको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनापछि मोटरसाइकल चालक घटनास्थलबाट फरार भएका छन्।
घाइते थामीको हाल दोलखा अस्पतालमा उपचार भइरहेको छ। उनको हात भाँचिएकाले प्लास्टर गरिएको छ र केही समय अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको परिवारले जनाएको छ।
दुर्घटनाको समयमा सो क्षेत्रमा ग्यासको सिलिन्डर बोकेको मोटरसाइकल देख्नुभएको वा चालकको पहिचानबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा पीडित परिवारलाई ९७४५९६५३३१ नम्बरमा सम्पर्क गरी सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ। परिवारले दोषी चालकको पहिचान गर्न यो सूचना सकेसम्म धेरैमा पुर्याइदिन पनि सबैसँग अपिल गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij