नेपाल सम्वत् ११४६, तछलागाः १० एकादशी (२६ अषाढ, २०८३, १० जुलाई, २०२६) शुक्रबार, बाँपिझ्याला । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक निकायहरूले दिएका प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि भएको छलफलको जवाफ दिँदै उहाँले सांसदहरूले उठाएका विषयवस्तु र सुझावलाई सरकारले गम्भीरतापूर्वक कार्यान्वयन गर्ने बताउनुभयो।
प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट जवाफ दिँदै मन्त्री गौतमले संवैधानिक निकायहरू सरकारबाट स्वतन्त्र र संसदप्रति जवाफदेही हुने भएकाले सरकारले तिनका प्रतिवेदनमा समेटिएका सिफारिस कार्यान्वयन गर्ने जिम्मेवारी निर्वाह गर्ने स्पष्ट पार्नुभयो।
उहाँले यसअघि यस्ता प्रतिवेदनमाथि कार्यव्यवस्था परामर्श समितिमा मात्रै छलफल हुने गरेको स्मरण गर्दै यसपटक राष्ट्रियसभाको सदनमै विस्तृत छलफल हुनु संसदीय अभ्यासमा नयाँ र सकारात्मक सुरुआत भएको उल्लेख गर्नुभयो।
प्रतिवेदनमाथिको छलफलमा सांसदहरू पदमबहादुर परियार, मदनकुमारी शाह, प्रेमप्रसाद दंगाल, मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, धर्मेन्द्र पासवान, सुरेशकुमार आलेमगर, रोशनी मेचे, कृष्णप्रसाद अधिकारी, सोमनाथ पोर्तेल र विष्णुबहादुर विश्वकर्माले आफ्ना धारणा तथा सुझाव प्रस्तुत गर्नुभएको थियो।
राष्ट्रियसभाको अर्को बैठक असार ३१ गते दिउँसो १:१५ बजे बस्ने तय गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij