नेपाल सम्वत् ११४६, तछलागाः ९ नवमी (२५ अषाढ, २०८३, ०९ जुलाई, २०२६) बिहीबार, बाँपिझ्याला । दोलखाको जिरी नगरपालिकाका दुई सहकारी संस्था खारेज भएका छन्। जिरी नगरपालिका–७ स्थित कलङ जैविक कृषि सहकारी संस्था र वडा नं.–६ स्थित पात्ले साना किसान कृषि सहकारी संस्था खारेजी प्रक्रियामा परेका हुन्।
नगरपालिकाका अनुसार दुवै सहकारी संस्थाले लामो समयदेखि कुनै पनि आर्थिक कारोबार सञ्चालन नगरेको जनाउँदै खारेजीका लागि निवेदन दिएका थिए। सोही आधारमा आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै सहकारी खारेजी प्रक्रिया अघि बढाइएको हो।
नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीद्वारा जारी सूचनामा ती सहकारी संस्थासँग कुनै प्रकारको लेनदेन, दाबी वा कारोबार भएका व्यक्ति तथा संस्थालाई यसै असार मसान्तभित्र जिरी नगरपालिकाको सहकारी शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ।
नगरपालिकाले निर्धारित अवधिभित्र कुनै दाबी वा उजुरी नआए कानुनबमोजिम खारेजी प्रक्रिया अन्तिम रूप दिइने जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij