नेपाल सम्वत् ११४६, तछलागाः ६ षष्ठी (२२ अषाढ, २०८३, ०६ जुलाई, २०२६) सोमबार, बाँपिझ्याला । युवा गायक बिरज महर्जनका दुई नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ एकसाथ सार्वजनिक भएका छन्। प्रेम, भावना र सांस्कृतिक स्वादलाई समेटेका यी दुवै गीतमार्फत उनले फेरि एकपटक आफ्नो सांगीतिक यात्रा अघि बढाएका छन्।
बिरजले आठ वर्षको उमेरदेखि नै संगीतमा यात्रा सुरु गरेका थिए। १३ वर्षको उमेरमै एकल सांगीतिक साँझ प्रस्तुत गर्दै उनले आफ्नो गायन प्रतिभा प्रदर्शन गरेका थिए। त्यसपछि २०७० सालमा उनले ‘नयाँ किरण’ नामक अडियो एल्बम सार्वजनिक गरेका थिए। उनले सुरशाला म्युजिक एकेडेमीबाट औपचारिक रूपमा संगीत अध्ययन गरेका हुन्।
हाल अष्ट्रेलियामा बसोबास गर्दै आएका बिरज नेपाल आउँदा नयाँ गीत रेकर्डिङ, म्युजिक भिडियो निर्माण तथा विभिन्न लाइभ सांगीतिक कार्यक्रममा सक्रिय रहने गरेका छन्।
यसअघि उनले नेपाल भाषाका ‘तुयु तुयु धागु’, ‘नक्कालिम्हा मयेजु’ र ‘छ लुइवोन हे जीवन’ लगायतका चर्चित गीत सार्वजनिक गरिसकेका छन्। त्यस्तै नेपाली गीत ‘आमा’ र ‘तिमी आउने बाटोभरी’ ले पनि दर्शक तथा श्रोतामाझ राम्रो लोकप्रियता कमाएका छन्।
सांगीतिक योगदानका लागि उनले विभिन्न राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेका छन्। ‘तुयु तुयु धागु’ गीतबाट २०७४ सालमा पेज थ्री अवार्ड अन्तर्गत बेस्ट न्यू आर्टिस्ट पुरस्कार, ‘आमा’ गीतका लागि २०७५ सालमा नेसनल पावर न्युज म्युजिक अवार्ड अन्तर्गत बेस्ट सङ अफ द इयर–इन्करेजमेन्ट अवार्ड तथा नेसनल बक्स अफिस अवार्ड मा बेस्ट डेब्यु सिङ्गर (जुरी च्वाइस) अवार्ड जितेका थिए। त्यसैगरी २०७९ सालमा ‘छ लुइवोन हे जीवन’ गीतका लागि दोस्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड अन्तर्गत बेस्ट मेल सिङ्गर–राइजिङ स्टार (जुरी) अवार्डबाट सम्मानित भएका थिए।
यसपटक सार्वजनिक भएको नेपाली प्रेमगीत ‘साइली’ मा बिरज महर्जनको स्वर रहेको छ। गीतको शब्द, संगीत तथा संगीत संयोजन जुगल डंगोलले गरेका हुन्।
गीतको म्युजिक भिडियोमा कृषल श्रेष्ठ र श्रीतिका श्रेष्ठको अभिनय रहेको छ। भिडियोको छायांकन रकी महर्जनले गरेका छन् भने सम्पादन रकी महर्जन र रामकृष्ण खड्गीले संयुक्त रूपमा गरेका हुन्। भिडियोको निर्देशन पनि रामकृष्ण खड्गीले गरेका छन्।
निर्माण टोलीका अनुसार प्रेम र भावनाको सुन्दर कथालाई संगीत र दृश्यमार्फत प्रस्तुत गरिएको ‘साइली’ ले युवा पुस्तासँगै सबै उमेर समूहका दर्शक–श्रोताको मन जित्ने विश्वास गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij