Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

सीमा नाकाको छड्के अनुगमनमा गृहमन्त्री गुरुङ, सुरक्षा निकाय हाई अलर्टमा

सीमा नाकाको छड्के अनुगमनमा गृहमन्त्री गुरुङ, सुरक्षा निकाय हाई अलर्टमा

नेपाल सम्वत् ११४६, तछलागाः ४ चौथी (२० अषाढ, २०८३, ०४ जुलाई, २०२६) शनिवार, बाँपिझ्याला । गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायलाई पूर्वजानकारी नदिई आकस्मिक रूपमा कोशी प्रदेश पुगेका छन्। सीमा क्षेत्रमा बढ्दो चोरी–तस्करी र राजस्व चुहावटबारे जनगुनासो बढेपछि उनी शुक्रबार साँझ वस्तुस्थिति बुझ्न कोशी पुगेका हुन्।

सुरक्षा स्रोतका अनुसार गृहमन्त्री हाल सुनसरी र मोरङ क्षेत्रको भ्रमणमा रहे पनि उनी कुन स्थानमा छन् भन्नेबारे आधिकारिक जानकारी सुरक्षा निकायलाई समेत दिइएको छैन। उनी सीमा नाकाहरूको छड्के अनुगमन मा निस्किएको बताइएको छ।

केही दिनअघि पनि गृहमन्त्री गुरुङ मधेस प्रदेशको पर्सा पुगेर सीमा नाकामा स्थानीयसँग चोरी–तस्करी र अवैध गतिविधिबारे प्रत्यक्ष जानकारी लिएका थिए। त्यसको भिडियो सार्वजनिक भएपछि उनको सीमा अनुगमनले थप चर्चा पाएको थियो।

यसपटक उनले सुनसरीका विभिन्न सीमा क्षेत्रको निरीक्षणपछि मोरङको विराटनगरस्थित दक्षिणी सीमा नाका तथा आसपासका अन्य संवेदनशील नाकाको समेत अनुगमन गर्ने तयारी रहेको सुरक्षा स्रोतले जनाएको छ।

स्रोतका अनुसार गृहमन्त्रीको आकस्मिक भ्रमणपछि मोरङका सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ। “गृहमन्त्रीज्यू सुनसरी आइपुग्नुभएको छ। त्यहाँको वस्तुस्थिति बुझेर मोरङ प्रवेश गर्ने तयारी छ,” सुरक्षा स्रोतले जनाएको छ।

गृहमन्त्रीको अप्रत्याशित भ्रमणले सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मी र प्रशासनिक अधिकारीबीच दौडधुप बढेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल ले पनि गृहमन्त्री प्रदेशमा आएको जानकारी भए पनि उनी तत्काल कहाँ छन् भन्नेबारे आफूलाई जानकारी नभएको बताएका छन्।

सीमा क्षेत्रमा हुने अवैध चोरी–तस्करी नियन्त्रण, राजस्व चुहावट रोकथाम तथा सुरक्षा व्यवस्थाको प्रभावकारिता मूल्यांकन गर्ने उद्देश्यले गृहमन्त्रीको यो आकस्मिक अनुगमनलाई महत्वका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार