नेपाल सम्वत् ११४६, तछलागाः ३ तृर्तिया (१९ अषाढ, २०८३, ०३ जुलाई, २०२६) शुक्रबार, बाँपिझ्याला । काठमाडौंको मुटु मानिने न्यूरोड क्षेत्रमा अब रात्रिकालीन यात्रा गर्नेहरूले युरोपेली सहरको झल्को दिने वातावरण अनुभव गर्न थालेका छन्। काठमाडौं महानगरपालिकाले हालै जडान गरेका क्लासिक (परम्परागत) शैलीका सडक बत्तीले न्यूरोड क्षेत्र रातिको समयमा झिलिमिली बनेको हो।
महानगरले सडक विस्तारसँगै फुटपाथ फराकिलो बनाउने काम पूरा गरेपछि सम्पदा क्षेत्रको ऐतिहासिक स्वरूपसँग मेल खाने गरी नयाँ सडक बत्ती जडान गरेको हो।
इन्द्रचोक, विशालबजार, बसन्तपुरलगायतका ऐतिहासिक तथा सांस्कृतिक महत्वका क्षेत्रमा राखिएका यी बत्ती पुराना शैलीका भवन र सम्पदासँग समन्वय हुने गरी डिजाइन गरिएको महानगरपालिकाले जनाएको छ।
नयाँ बत्ती जडान भएपछि न्यूरोड क्षेत्रको रात्रिकालीन सौन्दर्य उल्लेखनीय रूपमा बढेको छ। साँझपख सबै बत्ती एकैसाथ बल्दा सडक थप उज्यालो, सुरक्षित र आकर्षक देखिन थालेको छ।
स्थानीय व्यवसायी, सर्वसाधारण तथा आन्तरिक पर्यटकले पनि नयाँ सडक बत्तीले न्यूरोडको पुरानो पहिचानलाई आधुनिक सुविधासँग जोड्दै क्षेत्रको आकर्षण अझ बढाएको प्रतिक्रिया दिएका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij