नेपाल सम्वत् ११४६, तछलागाः ३ तृर्तिया (१९ अषाढ, २०८३, ०३ जुलाई, २०२६) बिहीबार, बाँपिझ्याला । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निश्चित प्रतिशत अनिवार्य रूपमा कर्जा प्रवाह गर्न निर्देशन दिएका क्षेत्रमा खराब कर्जाको समस्या बढ्दै गएको छ। विशेषगरी कृषि तथा मत्स्यपालन क्षेत्रमा प्रवाह गरिएको कर्जामा सबैभन्दा बढी जोखिम देखिएको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत चैतसम्म कुल खराब कर्जामध्ये करिब २३.५ प्रतिशत हिस्सा कृषि तथा मत्स्यपालन क्षेत्रको छ। त्यसपछि जलविद्युत् आयोजना लगायत निर्माण क्षेत्रको हिस्सा करिब १०.५ प्रतिशत र थोक तथा खुद्रा व्यापार क्षेत्रको हिस्सा करिब १० प्रतिशत रहेको छ।
अर्थविद् तथा बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार राष्ट्र बैंकले तोकेका क्षेत्रमा अनिवार्य रूपमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्थाका कारण बैंक तथा वित्तीय संस्थाले कतिपय अवस्थामा कर्जाको गुणस्तरमा पर्याप्त ध्यान दिन नसकेको अवस्था देखिएको छ। तोकिएको सीमा पूरा नगरे नियामकीय कारबाहीको जोखिम हुने भएकाले पनि बैंकहरू दबाबमा कर्जा प्रवाह गर्न बाध्य हुने गरेका छन्।
अर्कोतर्फ अर्थतन्त्र अझै पूर्ण रूपमा चलायमान हुन नसक्दा कृषि, लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। उत्पादन, बिक्री र नगद प्रवाह कमजोर हुँदा यी क्षेत्रमा कर्जा भुक्तानी क्षमता घट्दै गएको र त्यसले खराब कर्जा बढाएको विश्लेषण गरिएको छ।
जानकारहरूले निर्देशित कर्जाको नीति आवश्यक भए पनि कर्जा प्रवाहसँगै परियोजनाको गुणस्तर, बजार पहुँच, उत्पादनशीलता र प्रभावकारी अनुगमनमा ध्यान नदिइए खराब कर्जाको समस्या अझ गम्भीर बन्न सक्ने चेतावनी दिएका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij