Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

२० वर्षपछि दक्षिण कोरियाले पायो महिला प्रधानमन्त्री

२० वर्षपछि दक्षिण कोरियाले पायो महिला प्रधानमन्त्री

नेपाल सम्वत् ११४६, तछलागाः १ प्रतिपदा (१७ अषाढ, २०८३, ०१ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले हान सेओङ सुकलाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता काङ् यु–जुङ का अनुसार उक्त नियुक्ति जुलाई १ देखि लागू भएको हो।

यससँगै हान राष्ट्रपति ली जे–म्युङको प्रशासनकी दोस्रो महिला प्रधानमन्त्री, किम मिन-सिओककी उत्तराधिकारी तथा दक्षिण कोरियाको इतिहासकी ५०औँ प्रधानमन्त्री बनेकी छन्।

दक्षिण कोरियाको राष्ट्रिय सभामा भएको मतदानमा हानको नियुक्ति १६६ मतको समर्थनसहित अनुमोदन भएको थियो। मतदानमा सत्तापक्ष र सरकार समर्थक दलका १६७ सांसद सहभागी भएका थिए, जसमध्ये एक जनाले मात्र विपक्षमा मतदान गरेका थिए।

मुख्य विपक्षी पिपुल पावर पार्टी (पिपिपी)  ले हान यस पदका लागि उपयुक्त नरहेको दाबी गर्दै मतदान बहिष्कार गरेको थियो। यद्यपि, जुन ३० मा बसेको पूर्ण अधिवेशनले उनको नियुक्तिलाई अनुमोदन गरेको हो।

यसअघि लघु तथा मध्यम उद्यम मन्त्रीको जिम्मेवारी सम्हालिरहेकी हान सेओङ–सुक प्रधानमन्त्री बनेसँगै दक्षिण कोरियाले करिब २० वर्षपछि पुनः महिला प्रधानमन्त्री पाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार