Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

मूल्य घट्दा इन्धन अभाव, उपभोक्ता सास्तीमा

मूल्य घट्दा इन्धन अभाव, उपभोक्ता सास्तीमा

नेपाल सम्वत् ११४६, तछलागाः १ प्रतिपदा (१७ अषाढ, २०८३, ०१ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको पहिलो दिन नै देशका विभिन्न स्थानमा इन्धन अभाव देखिएको छ। निजी पेट्रोल पम्पहरू बन्द हुँदा उपभोक्ता सस्तो मूल्यमा इन्धन भर्न नपाई फर्किन बाध्य भएका छन् भने सरकारी पम्पमा लामो लाइन लागेको छ।

निगमले बुधबारदेखि पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टीतेलमा ३० रुपैयाँ मूल्य घटाएको थियो। तर मूल्य घट्ने जानकारी पाएपछि धेरै व्यवसायीले मंगलबार निगमबाट इन्धन नउठाएकाले बुधबार बिहान अधिकांश पम्पमा इन्धन सकिएको बताइएको छ।

निगमका अनुसार व्यवसायीले बुधबार बिहान मात्रै इन्धन उठाएकाले पम्पसम्म पुग्न ढिलाइ भएको हो। निगमले पर्याप्त इन्धन बजारमा पठाइसकेको र साँझसम्म आपूर्ति सामान्य हुने जनाएको छ।

यता उपभोक्ता अधिकारकर्मीहरूले निगमको कमजोर व्यवस्थापन र व्यवसायीको व्यवहारका कारण कृत्रिम अभाव सिर्जना भएको आरोप लगाएका छन्। पेट्रोलियम व्यवसायीले भने केही समय ढुवानीमा ढिलाइ भएकाले मात्र समस्या देखिएको दाबी गर्दै अहिले अधिकांश पम्पमा बिक्री सामान्य भइसकेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार