नेपाल सम्वत् ११४६, तछलागाः १ प्रतिपदा (१७ अषाढ, २०८३, ०१ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी ६ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।
लम्कीचुहा नगरपालिका–४ अम्मरपुरकी मनिषा विक आज स्थानीय रोरा खोलाको किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
मनिषा लम्कीचुहा नगरपालिका–२ स्थित जनचेतना माध्यमिक विद्यालयको शिशु कक्षामा अध्ययनरत थिइन्। अभिभावकले उनलाई मङ्गलबार बिहान विद्यालय पुर्याएका थिए। विद्यालयपछि उनी घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो।
इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक जयबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा रोरा खोलाको किनारमा उनको शव फेला पारेको हो।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij