Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

रास्वपाका नवनिर्वाचित पदाधिकारीको आज शपथ, केन्द्रीय कार्यालय चमतीमा कार्यक्रम

रास्वपाका नवनिर्वाचित पदाधिकारीको आज शपथ, केन्द्रीय कार्यालय चमतीमा कार्यक्रम

नेपाल सम्वत् ११४६, तछलागाः १ प्रतिपदा (१७ अषाढ, २०८३, ०१ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण बुधबार (आज) हुने भएको छ।

पार्टी सचिवालयका अनुसार शपथग्रहण कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय, चमतीमा आयोजना गरिनेछ।

चितवनमा सम्पन्न पहिलो महाधिवेशनबाट पार्टीको सभापतिमा रवि लामिछाने, उपसभापतिमा डा. स्वर्णिम वाग्लेसोविता गौतम, तथा महामन्त्रीमा विपीन आचार्य निर्वाचित भएका थिए।

महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले आज शपथ लिएसँगै पार्टीको आगामी संगठन विस्तार, नीति निर्माण र राजनीतिक गतिविधिलाई थप सक्रिय रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार