Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

इन्धनको मूल्य घट्यो, पेट्रोलमा २० र डिजेलमा ३० रुपैयाँ सस्तो

इन्धनको मूल्य घट्यो, पेट्रोलमा २० र डिजेलमा ३० रुपैयाँ सस्तो

नेपाल सम्वत् ११४६, तछलाथ्वः १५ प्रतिपदा (१६ अषाढ, २०८३, ३० जुन, २०२६) मंगलबार, बाँपिझ्याला । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले बुधबार (असार १७) राति १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाएको जनाएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि नयाँ मूल्य समायोजन गरिएको हो।

इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेल २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धन प्रतिलिटर २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासको खरिद मूल्य पनि घटेर आएको निगमले जनाएको छ।

सोही आधारमा उपभोक्तालाई राहत हुने गरी निगमले नयाँ खुद्रा बिक्री मूल्य निर्धारण गरेको हो। नयाँ मूल्य बुधबार राति १२:०१ बजेदेखि देशभर लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार