नेपाल सम्वत् ११४६, तछलाथ्वः १५ प्रतिपदा (१६ अषाढ, २०८३, ३० जुन, २०२६) मंगलबार, बाँपिझ्याला । दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरेका किसानहरू व्यावसायिक गोलभेँडा खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्। फोरेट, नर्वेको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण विकास टुकी संघ र सिभिन नेपालद्वारा सञ्चालित ओसेलिप परियोजनाअन्तर्गत प्राप्त तालिम र सहयोगपछि किसानहरू प्लास्टिक टनेलमा गोलभेँडा खेती गर्दै उत्पादन बजारमा पुर्याइरहेका छन्।
उत्पादन भएको गोलभेँडा बिक्रीका लागि किसानहरू आफैं स्थानीय पसल तथा गाउँका घर–घर पुग्ने गरेका छन्। सुनिता खत्री, उर्मिला सोडारी, नकुल थामी, गंगामाया थामी र निरु जिसीलगायत किसानले प्रतिकिलो ६० रुपैयाँका दरले गोलभेँडा बिक्री गरिरहेका छन्।
दशखत सिंखु पोखरपु किसान समूहकी सदस्य उर्मिला सोडारीले हालसम्म ६० किलो गोलभेँडा बिक्री गरिसकेकी छन् भने छातीडोल किसान समूहकी सदस्य गंगामाया थामीले ५० किलो गोलभेँडा गाउँका टोल र घर–घरमा पुगेर बिक्री गरिसकेकी छन्।
ओसेलिप परियोजनाले गत वर्ष मंसिर १४ र १५ गते कालिञ्चोकका ६ वटा किसान समूहका २७ जना किसानलाई टनेलमा आधारित गोलभेँडा खेतीसम्बन्धी क्षमता विकास तालिम दिएको थियो। साथै प्लास्टिक टनेल, गोलभेँडा, काँक्रो, जुकेनीलगायत विभिन्न तरकारीका बीउसमेत उपलब्ध गराएको थियो।
परियोजनाबाट प्राप्त प्राविधिक ज्ञान, सीप र सामग्री सहयोगले किसानहरू व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन्। गाउँमै उत्पादन भएको ताजा तरकारी स्थानीय बजारमा सहज रूपमा बिक्री हुन थालेपछि किसानको आम्दानी बढ्नुका साथै उपभोक्ताले पनि ताजा तरकारी पाउन थालेका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij