नेपाल सम्वत् ११४६, तछलाथ्वः १५ चतुर्दशी (१५ अषाढ, २०८३, २९ जुन, २०२६) सोमबार, बाँपिझ्याला । २५ वटा विभिन्न राजनीतिक घटकसँग पार्टी एकता गरेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलोपटक केन्द्रीय समितिको बैठक बोलाएको छ।
पार्टी स्रोतका अनुसार ऐतिहासिक एकतापछिको पहिलो केन्द्रीय समिति बैठक आगामी सोमबार अपराह्न ४ः३० बजे भर्चुअल माध्यमबाट बस्ने तय भएको छ।
पार्टीका नेता रामकुमार भट्टराईका अनुसार बैठक अनलाइन माध्यमबाट सञ्चालन हुनेछ। २५ वटा राजनीतिक समूह र घटक एकीकृत भएपछि पहिलोपटक केन्द्रीय समिति बैठक बस्न लागेको भएकाले यसलाई पार्टीको संगठनात्मक दृष्टिले महत्वपूर्ण मानिएको छ।
बैठकका लागि मुख्य एजेन्डासमेत तय भइसकेको छ। भट्टराईका अनुसार बैठकले पार्टीको नियमावली र कार्यविधि अनुमोदन गर्ने विषयलाई प्राथमिकताका साथ छलफल गरी निर्णय गर्नेछ।
पार्टी एकतापछि संगठनलाई संस्थागत बनाउने, कार्यसम्पादनलाई व्यवस्थित गर्ने तथा आगामी राजनीतिक कार्यक्रमका लागि आवश्यक आधार तयार गर्ने दिशामा यो बैठक महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij