Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

आगामी ३–४ दिनमा देशभर मनसुन फैलिने, कोशीमा भारी वर्षाको चेतावनी

आगामी ३–४ दिनमा देशभर मनसुन फैलिने, कोशीमा भारी वर्षाको चेतावनी

नेपाल सम्वत् ११४६, तछलाथ्वः १४ चतुर्दशी (१४ अषाढ, २०८३, २८ जुन, २०२६) आईतबार, बाँपिझ्याला । नेपालमा मनसुन क्रमशः सक्रिय बन्दै गएको छ। हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुन वायुको प्रभाव रहेको छ भने अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर आगामी तीनदेखि चार दिनभित्र मनसुन विस्तार हुने सम्भावना रहेको छ। हाल सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र मुख्यतया सफा रहे पनि देशका अधिकांश भागमा आंशिक बदली छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।

विशेषगरी कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। साथै कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थानमा हुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार