नेपाल सम्वत् ११४६, तछलाथ्वः १२ द्वादसी (१२ अषाढ, २०८३, २६ जुन, २०२६) शुक्रबार, बाँपिझ्याला । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ। बैठकमा मन्त्रीहरूको उपस्थिति न्यून रहेको बताइएको छ।
सरकारी स्रोतका अनुसार बैठकले एउटा मात्र निर्णय गरेको भए पनि उक्त निर्णय अर्को मन्त्रिपरिषद् बैठकपछि मात्र सार्वजनिक गर्ने सहमति भएको छ। निर्णयको विषयवस्तुबारे भने कुनै जानकारी दिइएको छैन।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन चितवनमा जारी रहेकाले सरकारका धेरै मन्त्रीहरू त्यहाँ सहभागी भएका कारण आजको मन्त्रिपरिषद् बैठकमा उपस्थिति कम रहेको स्रोतले जनाएको छ।
मन्त्रीहरूको न्यून उपस्थितिकै कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आजको बैठकका तस्बिरसमेत सार्वजनिक नगरेको जनाइएको छ। बैठकमा भएका अन्य छलफल तथा निर्णयबारे थप विवरण सार्वजनिक गरिएको छैन।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij