Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु, महामन्त्रीमा चार जनाबीच प्रतिस्पर्धा

रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु, महामन्त्रीमा चार जनाबीच प्रतिस्पर्धा

नेपाल सम्वत् ११४६, तछलाथ्वः १२ द्वादसी (१२ अषाढ, २०८३, २६ जुन, २०२६) शुक्रबार, बाँपिझ्याला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ। चितवनमा जारी प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन सुरु भएको हो।

यसअघि सभापति पदमा रवि लामिछाने र खुला उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्। अहिले महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि मतदान भइरहेको छ।

महिला उपसभापति पदमा सोबिता गौतम र डा. तोसिमा कार्कीबीच प्रतिस्पर्धा भइरहेको छ। महामन्त्री पदमा मनीष झा, विपिन आचार्य, सागर ढकाल र गणेश कार्की उम्मेदवार छन्। यसअघि महामन्त्रीका आकांक्षी कबिन्द्र बुर्लाकोटी, रञ्जु दर्शना, प्रमोद न्यौपाने, गणेश पराजुली, जगदिश खरेल, शिशिर खनाल र राजुनाथ पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन्।

निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार पदाधिकारी चयनमा सहमतिको प्रयास भए पनि सफल हुन नसकेपछि पूर्वनिर्धारित समयभन्दा केही ढिलो मतदान सुरु गरिएको हो।

खुला सहमहामन्त्रीका दुई पदका लागि असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त चुनावी मैदानमा छन्।

यस्तै महिला सहमहामन्त्री पदका लागि जुली यादव, विदुषी शर्मा, कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माबीच प्रतिस्पर्धा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार