Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

सुनको मूल्य तोलामा रु ८०० बढ्यो, चाँदी रु ५५ ले घट्यो

सुनको मूल्य तोलामा रु ८०० बढ्यो, चाँदी रु ५५ ले घट्यो

नेपाल सम्वत् ११४६, तछलाथ्वः १२ द्वादसी (१२ अषाढ, २०८३, २६ जुन, २०२६) शुक्रबार, बाँपिझ्याला । स्थानीय बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० ले बढेर रु दुई लाख ७९ हजार १०० कायम भएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला रु ५५ ले घटेर रु चार हजार १८० निर्धारण गरिएको छ।

यसअघि बिहीबार सुन प्रतितोला रु दुई लाख ७८ हजार ३०० र चाँदी रु चार हजार २३५ मा कारोबार भएको थियो। त्यस्तै, बुधबार सुनको मूल्य रु दुई लाख ८३ हजार ५०० र चाँदी रु चार हजार ४८५ पुगेको थियो।

अन्तरराष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको कारोबार जारी रहेको छ। आज एक औँस सुनको मूल्य चार हजार २२ अमेरिकी डलर तथा एक औँस चाँदी ५८ अमेरिकी डलर मा कारोबार भइरहेको बताइएको छ।

पछिल्ला केही दिनयता अन्तरराष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार