नेपाल सम्वत् ११४६, तछलाथ्वः १२ द्वादसी (१२ अषाढ, २०८३, २६ जुन, २०२६) शुक्रबार, बाँपिझ्याला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (जनजाति खुला) पदमा संगीता पाख्रीन निर्वाचित हुनुभएकोमा विभिन्न व्यक्ति तथा शुभेच्छुकहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा पाख्रीनको विजयले पार्टीमा समावेशी नेतृत्वलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। उहाँको कार्यकाल पार्टी, देश र जनताको हितमा सफल, प्रभावकारी तथा उपलब्धिमूलक रहोस् भन्ने कामना गरिएको छ।
साथै, जनताको विश्वासलाई आत्मसात् गर्दै पार्टीको संगठन सुदृढीकरण, सुशासन, समावेशी नेतृत्व र जनसेवामा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा व्यक्त गरिएको छ।
पाख्रीन राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (जनजाति खुला) पदमा निर्वाचित हुनुभएको हो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij