Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

रास्वपाको महामन्त्रीमा जगदिश खरेलको उम्मेदवारी, प्रतिस्पर्धा थप रोचक

रास्वपाको महामन्त्रीमा जगदिश खरेलको उम्मेदवारी, प्रतिस्पर्धा थप रोचक

नेपाल सम्वत् ११४६, तछलाथ्वः १२ द्वादसी (१२ अषाढ, २०८३, २६ जुन, २०२६) शुक्रबार, बाँपिझ्याला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी ऐतिहासिक पहिलो महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि नेता जगदिश खरेलले उम्मेदवारी दर्ता गराएका छन्। चितवनमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत खरेलले निर्वाचन आयोगसमक्ष पुगेर औपचारिक रूपमा आफ्नो मनोनयन दर्ता गराएका हुन्।

उम्मेदवारी दर्तापछि खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारीको जानकारी सार्वजनिक गर्दै पार्टीलाई अझ सशक्त, व्यवस्थित र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

महामन्त्री पदको चुनावी प्रतिस्पर्धा यसपटक निकै रोचक बनेको छ। यसअघि यस पदका बलिया दाबेदार मानिएका परराष्ट्रमन्त्री शिशिर खनालले सहमतिको वातावरण निर्माण गर्न तथा पार्टीको संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिँदै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उनको निर्णयसँगै महामन्त्री पदको चुनावी समीकरणमा नयाँ मोड आएको छ।

खरेलसँगै नेता गणेश कार्कीले पनि महामन्त्री पदमा उम्मेदवारी दर्ता गराइसकेका छन्। कार्कीले पार्टीको विधि, पद्धति र वैचारिक स्पष्टतालाई थप मजबुत बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन्।

रास्वपाको एक निर्वाचित महामन्त्री पदका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारहरूको सूची भने अझै लामो छ। जगदिश खरेल र गणेश कार्कीसँगै मनिष झा, कबिन्द्र बुर्लाकोटी, विपिन आचार्य, रञ्जु दर्शना र सागर ढकाललगायतका नेताहरूले पनि आफ्नो उम्मेदवारी दर्ता गर्दै चुनावी मैदानमा उत्रिएका छन्।

पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयनको प्रक्रिया तीव्र रूपमा अघि बढिरहेका बेला महामन्त्री पदको प्रतिस्पर्धा पार्टीभित्र सबैभन्दा बढी चासोको विषय बनेको छ। अब उम्मेदवारहरूले प्रतिनिधिहरूमाझ आफ्नो कार्ययोजना र दृष्टिकोण प्रस्तुत गर्दै मत माग्ने अभियानलाई थप तीव्र बनाउने भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार