Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

रास्वपाका केन्द्रीय सदस्यमा निर्वाचित दोलखाली नेताहरूलाई बधाई

रास्वपाका केन्द्रीय सदस्यमा निर्वाचित दोलखाली नेताहरूलाई बधाई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा निर्वाचित कानुन मन्त्री तथा सांसद सोविता गौतम (जन्मघर दोलखा), पूर्व सञ्चार मन्त्री एवं सांसद जगदिश खरेल (जन्मघर दोलखा) तथा दोलखाबाट निर्वाचित सांसद जगदिश खरेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

पार्टीको हालै सम्पन्न केन्द्रीय निर्वाचनबाट निर्वाचित यी नेताहरूले रास्वपाको संगठन सुदृढीकरण, सुशासन, पारदर्शिता र जनअपेक्षाअनुसारको राजनीतिक नेतृत्व प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

दोलखासँग प्रत्यक्ष सम्बन्ध रहेका नेताहरू केन्द्रीय नेतृत्वमा चयन हुनु जिल्लाका लागि पनि गौरवको विषय भएको भन्दै शुभेच्छुक, कार्यकर्ता तथा दोलखावासीले खुसी व्यक्त गरेका छन्। आगामी दिनमा पार्टी र देशको हितमा प्रभावकारी भूमिका निर्वाह गर्दै जनताको विश्वासलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार