Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

रास्वपाको केन्द्रीय सदस्यमा माननीय जगदिश खरेल विजयी

रास्वपाको केन्द्रीय सदस्यमा माननीय जगदिश खरेल विजयी

नेपाल सम्वत् ११४६, तछलाथ्वः ११ एकादशी (११ अषाढ, २०८३, २५ जुन, २०२६) बिहीबार, बाँपिझ्याला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा दोलखाका माननीय जगदिश खरेल विजयी भएका छन्। पार्टीको हालै सम्पन्न केन्द्रीय निर्वाचनमा खरेलले १ हजार ५३४ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।

रास्वपाको केन्द्रीय समितिको खुला सदस्यतर्फ देशभरबाट ठूलो संख्यामा उम्मेदवारी परेको थियो। प्रतिस्पर्धात्मक निर्वाचनमा उल्लेखनीय मत प्राप्त गर्दै खरेल निर्वाचित भएपछि दोलखामा खुसीको माहोल छ। उहाँको विजयलाई दोलखाको प्रतिनिधित्व राष्ट्रिय स्तरमा अझ सशक्त बनेको रूपमा हेरिएको छ।

खरेलको विजयसँगै दोलखावासी, पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। पार्टी संगठनलाई थप मजबुत बनाउने, जनताका मुद्दालाई प्रभावकारी रूपमा उठाउने तथा पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न उहाँले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमार्फत पनि खरेललाई बधाई दिने क्रम जारी रहेको छ। उहाँको सफल कार्यकालको कामना गर्दै समर्थकहरूले जनताको विश्वासअनुसार काम गर्न शुभेच्छा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार