Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

भेनेजुएला भूकम्प अपडेट : मृत्यु संख्या १६४ पुग्यो, ९७१ घाइते

भेनेजुएला भूकम्प अपडेट : मृत्यु संख्या १६४ पुग्यो, ९७१ घाइते

नेपाल सम्वत् ११४६, तछलाथ्वः ११ एकादशी (११ अषाढ, २०८३, २५ जुन, २०२६) बिहीबार, बाँपिझ्याला । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा बुधबार आएको शक्तिशाली दोहोरो भूकम्पमा परी मृत्यु हुनेको संख्या १६४ पुगेको छ भने ९७१ जना घाइते भएका छन्। उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्प ३९ सेकेन्डको अन्तरमा आएका थिए। राजधानी कराकास नजिकै केन्द्रबिन्दु रहेका यी भूकम्पले दर्जनौं भवन भत्काएका छन् भने सडक, विमानस्थल तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको छ।

भेनेजुएला सरकारले आपत्कालीन अवस्था घोषणा गर्दै प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेको छ। राजधानी कराकाससहित ला ग्वाइरा राज्य सबैभन्दा बढी प्रभावित भएको बताइएको छ। हजारौं मानिस विस्थापित भएका छन् र धेरै व्यक्ति अझै सम्पर्कविहीन रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो भूकम्प पछिल्लो एक शताब्दीभन्दा बढी अवधिमा भेनेजुएलामा आएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक मानिएको छ। अन्तर्राष्ट्रिय समुदायले राहत तथा उद्धार सहयोगका लागि प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार