Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

भेनेजुएलामा शक्तिशाली भूकम्प : ३२ जनाको मृत्यु, ७०० भन्दा बढी घाइते

भेनेजुएलामा शक्तिशाली भूकम्प : ३२ जनाको मृत्यु, ७०० भन्दा बढी घाइते

नेपाल सम्वत् ११४६, तछलाथ्वः ११ एकादशी (११ अषाढ, २०८३, २५ जुन, २०२६) बिहीबार, बाँपिझ्याला । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ७०० जना भन्दा बढी घाइते भएका छन्।

कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिनुभएको छ। उहाँका अनुसार देशका विभिन्न क्षेत्रमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएपछि दर्जनौँ भवनहरू भत्किएका छन् र व्यापक क्षति पुगेको छ।

सबैभन्दा बढी प्रभावित ला गुआइरा क्षेत्रमा गम्भीर मानवीय संकट सिर्जना भएको बताइएको छ। धेरै भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने भग्नावशेषमा फसेका नागरिकहरूको उद्धारका लागि सुरक्षाकर्मी र आपत्कालीन टोलीहरू चौबीसै घण्टा परिचालित छन्।

कार्यवाहक राष्ट्रपति रोड्रिग्जले ला गुआइरालाई विपद् प्रभावित क्षेत्र घोषणा गर्दै जीवन रक्षा र घाइतेहरूको उपचारलाई सरकारको पहिलो प्राथमिकता बनाइएको जानकारी दिनुभएको छ। उद्धारकर्मीहरू कठिन परिस्थितिका बीच हराइरहेका तथा भग्नावशेषमा फसेका व्यक्तिहरूको खोजीमा जुटिरहेका छन्।

सरकारले प्रभावित क्षेत्रमा राहत सामग्री, स्वास्थ्य सेवा तथा आपत्कालीन सहायता उपलब्ध गराउने कार्यलाई तीव्र बनाएको जनाएको छ। साथै, भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्ने काम पनि जारी रहेको छ।

 
 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार