नेपाल सम्वत् ११४६, तछलाथ्वः ११ एकादशी (११ अषाढ, २०८३, २५ जुन, २०२६) बिहीबार, बाँपिझ्याला । दोलखाको जिरी उद्योग वाणिज्य संघको अध्यक्षमा युवा व्यवसायी अनिल कार्की निर्वाचित भएका छन्। संघको आठौँ साधारण सभा तथा तेस्रो अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा कार्कीले ९२ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी तथा निवर्तमान अध्यक्ष बाबुराजा श्रेष्ठले ५१ मत प्राप्त गरे। कार्कीले श्रेष्ठलाई ४१ मतान्तरले पराजित गर्दै नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेका हुन्।
नवनिर्वाचित अध्यक्ष कार्की यसअघि संघका महासचिवका रूपमा कार्यरत थिए। उनले निवर्तमान अध्यक्षलाई नै निर्वाचनमा पराजित गर्दै अध्यक्ष पदमा आफ्नो यात्रा तय गरेका छन्।
निर्वाचन परिणामअनुसार प्रथम उपाध्यक्षमा दलबहादुर श्रेष्ठ सर्वाधिक ११२ मतसहित विजयी भएका छन्। त्यसैगरी महासचिव पदमा सुरज खड्का ८१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने सचिव पदमा गोविन्द श्रेष्ठ विजयी भएका छन्।
नवनिर्वाचित नेतृत्वले जिरी क्षेत्रको व्यापार, उद्योग तथा व्यवसाय प्रवर्द्धनका लागि सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij