Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

रास्वपाको केन्द्रीय सदस्यमा दोलखाबाट छ जनाको उम्मेदवारी

रास्वपाको केन्द्रीय सदस्यमा दोलखाबाट छ जनाको उम्मेदवारी

नेपाल सम्वत् ११४६, तछलाथ्वः १० दशमी (१० अषाढ, २०८३, २४ जुन, २०२६) बुधबार, बाँपिझ्याला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय समिति सदस्य पदका लागि दोलखा जिल्लाका छ जनाले उम्मेदवारी दिएका छन्।

उम्मेदवारी दिनेमा प्रतिनिधिसभाका चार सांसदसहित छ जना रहेका छन्। उनीहरूमध्ये ४ जनाले दोलखालाई राजनीतिक कार्यक्षेत्र बनाएका छन् भने दुई जनाले अन्य जिल्लालाई कार्यक्षेत्र बनाएर राजनीति गरिरहेका छन्।

केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिनेमा प्रतिनिधिसभा सदस्यहरु चितवनबाट निर्वाचित सोविता गौतम, ललितपुरबाट निर्वाचित जगदिश खरेल, दोलखाबाट निर्वाचित जगदिस खरेल, समानुपातिक सांसद स्मृति सेन्चुरी, प्राचिन नगरी दोलखाका युवा समाजसेवी श्यामचन्द्र श्रेष्ठ तथा हालै रास्वपा प्रवेश गरेकी संगीता पाख्रीन रहेका छन्।

रास्वपाकी संस्थापक केन्द्रीय सदस्य तथा पूर्व कानुनमन्त्री गौतमले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन्। उनी पार्टीको उपसभापति पदको दाबेदारका रूपमा पनि चर्चामा छिन्।

यस्तै, ललितपुरबाट निर्वाचित सांसद खरेल र दोलखाबाट निर्वाचित सांसदले खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। समानुपातिक सांसद सेन्चुरीले महिला दलिततर्फ तथा श्यामचन्द्र श्रेष्ठ र संगिता पाख्रीनले जनजाति खुलातर्फ केन्द्रीय सदस्य पदका लागि मनोनयन दर्ता गराएकी छन्।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार