नेपाल सम्वत् ११४६, तछलाथ्वः १० दशमी (१० अषाढ, २०८३, २४ जुन, २०२६) बुधबार, बाँपिझ्याला । अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेसीले विश्वकप–२०२६ मा अर्को ऐतिहासिक उपलब्धि हासिल गर्दै पुरुष तथा महिला दुवै विश्वकपका सर्वाधिक गोलकर्ता बन्न सफल हुनुभएको छ। आफ्नो छैटौँ विश्वकप खेलिरहेका मेसीले १८ गोल पूरा गर्दै नयाँ कीर्तिमान कायम गर्नुभएको हो।
अल्जेरियाविरुद्ध पहिलो खेलमा ह्याट्रिक गरेका मेसीले अस्ट्रियाविरुद्ध २–० को जितमा दुवै गोल गर्दै १६ गोलको कीर्तिमान बोकेका मिरोस्लाभ क्लोजलाई पछि पार्नुभयो। यससँगै उहाँले महिला विश्वकपमा १७ गोलको कीर्तिमान राखेकी मार्टाको रेकर्डसमेत तोड्नुभएको छ।
यद्यपि कीर्तिमान बनाएको खेलको सुरुवात मेसीका लागि सुखद रहेन। खेलको नवौँ मिनेटमा प्राप्त पेनाल्टी उहाँले गोलपोस्टबाहिर प्रहार गर्नुभयो। लगातार तेस्रो विश्वकपमा पेनाल्टी चुकाए पनि मेसीले त्यसको भर्पाइ गर्दै दुई गोल गरे र टोलीलाई जित दिलाए।
मेसीले विश्वकपमा लगातार छैटौँ खेलमा गोल गर्ने दुर्लभ उपलब्धिसमेत हासिल गर्नुभएको छ। यसअघि यस्तो उपलब्धि केवल जस्ट फन्टाइन र ब्राजिलका जर्जिन्हाले मात्र हासिल गरेका थिए।
सन् २००६ मा जर्मनीमा किशोर खेलाडीका रूपमा विश्वकप यात्रा सुरु गरेका मेसी २० वर्षपछि विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका हुन्। पहिलो विश्वकपमै सर्बिया–मोन्टेनेग्रोविरुद्ध गोल गरेका मेसीले त्यसयता सन् २०१४ मा चार, २०१८ मा एक, २०२२ मा सात तथा २०२६ संस्करणमा हालसम्म छ गोल गर्दै कुल १८ गोल पुर्याउनुभएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij