Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

कालिञ्चोकबाट फर्किने क्रममा कार दुर्घटना, ७ जना घाइते

कालिञ्चोकबाट फर्किने क्रममा कार दुर्घटना, ७ जना घाइते

नेपाल सम्वत् ११४६, तछलाथ्वः ९ नवमी (९ अषाढ, २०८३, २३ जुन, २०२६) मंगलबार, बाँपिझ्याला । दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित चरिकोट–कालिञ्चोक सडकखण्डमा सोमबार कार दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका अनुसार कालिञ्चोक मन्दिर दर्शन गरेर चरिकोटतर्फ फर्किंदै गरेको बा १५ च १४९२ नम्बरको कार अपराह्न करिब साढे २ बजे ब्रेक फेल भई अनियन्त्रित हुँदा सडकबाट करिब १३ मिटर तल खसेको थियो।

दुर्घटनामा काठमाडौंको शंखरापुर नगरपालिका निवासी चालक २९ वर्षीय निरज तामाङसहित ६८ वर्षीय सतन नागर्जु, ५५ वर्षीया राधी नागर्जु, २२ वर्षीया अनिता नागर्जु, १२ वर्षीय सुजन नागर्जु, ८ वर्षीय सुजित नागर्जु र २२ वर्षीया सुनिता तामाङ घाइते भएका छन्।

प्रहरीका अनुसार सतन नागर्जुको अनुहारमा, अनिता नागर्जुको शरीरका विभिन्न भागमा, सुजनको दुवै हात, खुट्टा र छातीमा तथा सुजितको बाँया खुट्टामा फ्र्याक्चर भएको छ।

घटनालगत्तै ट्राफिक प्रहरीसहितको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि चरिकोटस्थित छोरोल्पा अस्पताल पठाएको थियो। घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार