नेपाल सम्वत् ११४६, तछलाथ्वः ९ नवमी ९९ अषाढ, २०८३, २३ जुन, २०२६० मंगलबार, बाँपिझ्याला । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसदीय दलको बैठकमा सहभागी हुन पार्टी कार्यालय च्यासल पुगेका छन्। बैठक केहीबेरपछि सुरु हुने तयारी भइरहेको छ।
पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार अध्यक्ष ओली बैठकमा सहभागी हुन आज बिहानै च्यासल पुगेका हुन्। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक गतिविधि तथा पछिल्लो विकसित घटनाक्रमबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।
उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि उत्पन्न राजनीतिक परिस्थितिलाई लिएर एमालेभित्र गम्भीर छलफल आवश्यक ठानेर आज संसदीय दल र सचिवालय बैठक एकैसाथ बोलाइएको हो।
पार्टी स्रोतका अनुसार बैठकमा संसदमा पार्टीको रणनीति, संगठनात्मक एकता र हाल देखिएको विवाद तथा आरोप–प्रत्यारोपबारे समेत धारणा राखिनेछ। साथै, आगामी कदमबारे नेतृत्वले आवश्यक निर्देशन दिने सम्भावना पनि रहेको छ।
यो बैठकलाई एमालेभित्रको पछिल्लो राजनीतिक घटनाक्रमका कारण महत्वपूर्ण रूपमा हेरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij