नेपाल सम्वत् ११४६, तछलाथ्वः ८ अष्टमी (८ अषाढ, २०८३, २२ जुन, २०२६) सोमबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिका–१ सुस्पा क्षमावतीका ३२ वर्षीय शिवजी शिवाकोटीको सडकबाट लडेर गम्भीर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको छ ।
मंगलबार साँझ घरतर्फ जाने क्रममा करिब २५ मिटर तल खसेर घाइते भएका शिवाकोटीलाई उपचारका लागि धुलिखेल अस्पताल शाखा, भीमेश्वर ल्याइएको थियो ।
उपचारकै क्रममा चिकित्सकले राति करिब पौने ९ बजे उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
प्रहरीका अनुसार शिवाकोटी मादक पदार्थ सेवन (मापसे) गरी हिँडिरहेको अवस्थामा सडकबाट लडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij