Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

विश्वकपको पहिलो हारपछि ट्युनिसियाका प्रशिक्षक लामुची बर्खास्त

विश्वकपको पहिलो हारपछि ट्युनिसियाका प्रशिक्षक लामुची बर्खास्त

नेपाल सम्वत् ११४६, तछलाथ्वः २ प्रतिपदा (२ अषाढ, २०८३, १६ जुन, २०२६) मंगलबार, बाँपिझ्याला । फिफा विश्वकपमा जितको उत्साह र हारको निराशासँगै प्रशिक्षक परिवर्तनको क्रम पनि सुरु भएको छ। प्रतियोगिताको समूह चरणको पहिलो खेलमै नराम्रो हार बेहोरेपछि ट्युनिसियाले मुख्य प्रशिक्षक सबरी लामुचीलाई बर्खास्त गरेको छ।

ट्युनिसिया फुटबल महासङ्घले समूह ‘एफ’ अन्तर्गत स्विडेनविरुद्धको खेलमा ५–१ गोलको भारी पराजय भोगेको २४ घण्टा नबित्दै लामुचीलाई पदमुक्त गर्ने निर्णय गरेको हो।

आइतबार राति सम्पन्न खेलमा स्विडेनले ट्युनिसियामाथि एकतर्फी दबाब कायम गर्दै सहज जित निकालेको थियो। उक्त नतिजापछि महासङ्घले टोलीको नेतृत्वमा परिवर्तन गर्दै मोन्धेर केबाइरलाई नयाँ मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको जनाएको छ।

समूह ‘एफ’ मा ट्युनिसिया र स्विडेनसँगै एसियाली शक्ति जापान तथा युरोपियन टोली नेदरल्यान्ड्स रहेका छन्। समूहकै अर्को खेलमा जापान र नेदरल्यान्ड्सले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै एक–एक अङ्क बाँडेका थिए।

पहिलो खेलमै प्रशिक्षक परिवर्तन गर्न बाध्य भएको ट्युनिसियामाथि अब समूह चरणका बाँकी खेलमा राम्रो प्रदर्शन गर्दै नकआउट चरण पुग्ने दबाब थपिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार