नेपाल सम्वत् ११४६, अनलागाः १५ औसी (१ अषाढ, २०८३, १५ जुन, २०२६) सोमबार, बाँपिझ्याला । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह ले सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षको तुलनामा ७.२८ प्रतिशतले बजेट वृद्धि गरिएको जानकारी दिए।
बजेटमा कृषि, पर्यटन, पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। कुल बजेटमध्ये ५८.३८ प्रतिशत अर्थात् २० अर्ब ७४ करोड रुपैयाँभन्दा बढी पूँजीगत खर्चका लागि विनियोजन गरिएको छ भने चालु खर्चतर्फ ८ अर्ब ६० करोड रुपैयाँ छुट्याइएको छ।
प्रदेशको भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै १४ वटा रणनीतिक सडक आयोजना, १२२ वटा नयाँ झोलुङ्गे पुल निर्माण, एकीकृत प्रशासनिक भवन तथा विभिन्न स्मार्ट सिटी कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ। जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि पनि ३४ करोड रुपैयाँभन्दा बढी छुट्याइएको छ।
स्वास्थ्यतर्फ प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्न २३ करोड रुपैयाँ विनियोजन गरिएको छ। जटिल रोगका बिरामीलाई उपचार सहयोग, सुत्केरी पोषण भत्ता तथा महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन भत्ता वृद्धि गर्ने व्यवस्था पनि बजेटमा समेटिएको छ।
शिक्षा क्षेत्रमा डिजिटल शिक्षण, शिक्षक व्यवस्थापन तथा ‘किताबरहित शुक्रबार’ कार्यक्रमलाई निरन्तरता दिइएको छ। खेलकुद पूर्वाधार, रंगशाला व्यवस्थापन र पुस्तकालय स्थापना लगायतका कार्यक्रमका लागि पनि बजेट छुट्याइएको छ।
कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्दै व्यावसायिक कृषि, भेडा–च्याङ्ग्रा पालन, माछापालन, फलफूल बगैँचा विस्तार र कृषि यान्त्रिकीकरणका कार्यक्रम सञ्चालन गरिने भएको छ। ठूला किसानलाई ब्याज अनुदान दिने व्यवस्था समेत बजेटमा गरिएको छ।
ऊर्जा तथा खानेपानी क्षेत्रमा ‘एक घर, एक धारा’ कार्यक्रम, भेरी लिफ्टिङ खानेपानी आयोजना, सिँचाइ तथा जलविद्युत आयोजनामा लगानी गर्ने योजना अघि सारिएको छ। साथै सुर्खेत विमानस्थल विस्तार र कर्णालीका जिल्लामा नियमित हवाई सेवा सुधारका लागि समेत बजेट व्यवस्था गरिएको सरकारले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij