नेपाल सम्वत् ११४६, अनलागाः १५ औसी (१ अषाढ, २०८३, १५ जुन, २०२६) सोमबार, बाँपिझ्याला । काठमाडौं महानगरपालिकाले असार ५ गतेदेखि २६ गतेसम्म सार्वजनिक स्थल, पार्क, डबली र चोकहरूमा ‘टोलटोलमा फिल्म महोत्सव’ सञ्चालन गर्ने भएको छ। महानगरले सोमबार पत्रकार सम्मेलनमार्फत महोत्सवको संकेत चिन्ह सार्वजनिक गर्दै कार्यक्रमबारे जानकारी दिएको हो।
महोत्सवको उद्घाटन असार ५ गते खुलामञ्चमा हुनेछ भने असार ६ गतेको कार्यक्रम भेहिकल फ्री असन क्षेत्रमा आयोजना गरिनेछ। नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार तथा रचनात्मक उद्योगलाई समुदायसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ।
महोत्सवअन्तर्गत लघु चलचित्र प्रदर्शन, कला तथा रचनात्मक उद्योगसम्बन्धी संवाद, सांस्कृतिक कार्यक्रम र स्थानीय खानाका परिकारको प्रदर्शनी लगायत गतिविधि समावेश गरिएका छन्। चलचित्र प्रदर्शनका लागि आवश्यक एलईडी स्क्रिन, साउण्ड सिस्टम तथा क्युरेटरको व्यवस्था महानगरले गर्नेछ भने स्थानीय युवाका संस्थाले व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछन्।
महानगरले भविष्यमा यस कार्यक्रमलाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवसँग जोडेर थप विस्तार गर्ने योजना पनि अघि सारेको छ। सन् २०२३ मा युनेस्कोबाट फिल्मको रचनात्मक सहरको मान्यता प्राप्त गरेपछि महानगरले चलचित्र तथा रचनात्मक उद्योग प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
महानगरका अनुसार फिल्म क्षेत्रमार्फत स्थानीय संस्कृति, परम्परा र सम्पदाको संरक्षण, रोजगारी सिर्जना, अनुसन्धान, छात्रवृत्ति, पूर्वाधार विकास तथा अन्तर्राष्ट्रिय सहकार्यका अवसर विस्तार गरिने लक्ष्य राखिएको छ। साथै फिल्म महोत्सव, फिल्म एक्स्पो र फिल्म समिटजस्ता कार्यक्रममार्फत चलचित्र क्षेत्रका सरोकारवालाबीच सहकार्य र सञ्जाल निर्माण गर्ने योजना रहेको बताइएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij