नेपाल सम्वत् ११४६, अनलागाः १४ चतुर्दशी (३१ जेष्ठ, २०८३, १४ जुन, २०२६) आईतबार, बाँपिझ्याला । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई सिप, रोजगार र उद्यमसँग जोड्ने कार्यलाई सरकारले राष्ट्रिय अभियानका रूपमा अघि बढाएको बताएका छन्। उनले युवाका लागि स्वदेशमै रोजगारी र उद्यमशीलताको वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन–२०८३ लाई सम्बोधन गर्दै मन्त्री यादवले रोजगारीका अवसर विस्तार गर्न सरकार, रोजगारदाता र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए। उनले रोजगार सिर्जनाका नयाँ सम्भावनाबारे व्यापक छलफल गर्दै ठोस कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
मन्त्री यादवले बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी प्रभावकारी कानुन निर्माण गरेर त्यस क्षेत्रबाट समेत रोजगारीका अवसर बढाउने तयारी भइरहेको बताए। नवप्रवर्तन, अनुसन्धान र सिर्जनात्मक क्षमतालाई आर्थिक अवसरसँग जोड्न सके युवाका लागि नयाँ रोजगारीका क्षेत्र खुल्ने उनको भनाइ थियो।
उनले रोजगारीको खोजीमा विदेश जान बाध्य हुने नेपाली युवाको अवस्था अन्त्य गर्ने लक्ष्य सरकारको रहेको उल्लेख गर्दै देशभित्रै अवसर सिर्जना गर्न विभिन्न योजना कार्यान्वयन भइरहेको बताए। युवाको सिप र क्षमताअनुसारको रोजगार तथा उद्यम विकासमा सरकार केन्द्रित रहेको उनले स्पष्ट पारे।
मन्त्री यादवले विदेशमा रहेका नेपाली युवालाई समेत स्वदेश फर्केर काम गर्न प्रोत्साहित गर्ने नीति सरकारले लिएको बताए। स्वदेशमै सम्मानजनक रोजगारी र व्यवसायका अवसर विस्तार गरेर वैदेशिक रोजगारीप्रतिको निर्भरता घटाउने दिशामा सरकार अघि बढिरहेको उनको भनाइ थियो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij