Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

मेस्सीको पुनरागमनमा अर्जेन्टिनाको सानदार जित

मेस्सीको पुनरागमनमा अर्जेन्टिनाको सानदार जित

नेपाल सम्वत् ११४६, अनलागाः १० दशमी  (२७ जेष्ठ, २०८३, १० जुन, २०२६० बुधबार, बाँपिझ्याला । कप्तान लियोनलको पुनरागमनसँगै फिफा विश्वकप–२०२६ को तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना राष्ट्रिय फुटबल टोली आइसल्यान्डमाथिले ३–० को सानदार जित निकालेको छ।

अमेरिकाको अबर्नमा बुधबार बिहान भएको खेलमा साविक विश्वविजेता अर्जेन्टिनाले आइसल्यान्डलाई सहज रूपमा पराजित गरेको हो। चोटका कारण केही समय मैदानबाहिर रहनुभएका मेस्सीले पुनरागमन गर्दै गोलसमेत गर्न सफल हुनुभयो।

सुरुआतमा बेन्चमा रहनुभएका मेस्सीले खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए। यसअघि आठौँ मिनेटमा भालेन्टिन बार्कोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यसपछि ७२औँ मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो। खेलको ८७औँ मिनेटमा थियागो आल्माडाले अर्को गोल थपेपछि अर्जेन्टिनाले ३–० को सहज जित दर्ता गर्यो।

लियोनल मेस्सी अमेरिकास्थित इन्टर मियामी सीएफबाट खेल्ने क्रममा घाइते भएपछि केही समय विश्राममा रहनुभएको थियो। उहाँको पुनरागमन अर्जेन्टिनाका लागि सुखद संकेतका रूपमा हेरिएको छ।

कीर्तिमानी छैटौँ पटक विश्वकप खेल्ने तयारीमा रहनुभएका मेस्सीको नेतृत्वमा अर्जेन्टिना उपाधि रक्षा गर्ने लक्ष्यसहित विश्वकपमा सहभागी हुँदैछ। अर्जेन्टिना समूह ‘जे’ मा रहेको छ, जहाँ उसले असार ३ गते अल्जेरिया राष्ट्रिय फुटबल टोली विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। सोही समूहमा जोर्डन राष्ट्रिय फुटबल टोलीर अस्ट्रिया राष्ट्रिय फुटबल टोली पनि रहेका छन्।

 
 
 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार