अमेरिकाको न्यूजर्सीमा नेपाल डे कार्यक्रम सम्पन्न भएको छ। नेपाल डे न्यूजर्सीको आयोजनामा फेरलन सिटीमा शनिबार आयोजित कार्यक्रममा न्यूजर्सी र न्यूयोर्कका नेपाली तथा नेपाली मूलका अमेरिकीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र गैर आवासीय नेपाली संघ अमेरिकासँगको सहकार्यमा सम्पन्न कार्यक्रममा नेपाली मौलिक तथा परम्परागत नृत्य प्रस्तुत गरिएको थियो।
नेपाली महावाणिज्यदूत दधिराम भण्डारीकोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेयर क्रिटिना कुट्रोन र उपमेयर जोश रेईनिजको विशेष उपस्थिति रहेको थियो । नेपाली र अमेरिकी झण्डाले सजिएको कार्यक्रममा मौलिक भेषभूषामा सजिएका सहभागीहरूको उत्साहले कार्यक्रमलाई आकर्षक बनाएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूले मन्तव्य व्यक्त गरेका थिए।
नेपाल डे न्यूजर्सीका संयोजक सञ्जिव श्रेष्ठले नेपाली भाषा, संस्कृति र परम्पराको पुस्तान्तरण तथा नेपाली समुदायको उपस्थितिलाई अझ सशक्त बनाउन कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले यस्ता कार्यक्रमले मातृभूमिप्रतिको दायित्वबोध, नेपाली कला–संस्कृतिको संरक्षण तथा सामाजिक एकता र सद्भाव अभिवृद्धिमा योगदान पुर्याउने बताए।
कार्यक्रमस्थलमा नेपाली मौलिक परिकार, परम्परागत पोसाक तथा जानकारीमूलक सामग्रीहरूको प्रदर्शनी एवं बिक्री–वितरण पनि गरिएको थियो।
नेपाल डे न्यूजर्सीका अध्यक्ष राजेन्द्र श्रेष्ठले गत वर्षदेखि सुरु गरिएको नेपाल डे कार्यक्रम प्रत्येक वर्ष आयोजना गरिने जानकारी दिए। आगामी वर्षहरूमा कार्यक्रमलाई थप परिस्कृत र वृहत् सहभागितामूलक बनाइने उल्लेख गर्दै उनले नेपालप्रतिको माया र दायित्वलाई सबैले आ–आफ्नो स्थानबाट पूरा गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमको दोस्रो चरणमा कलाकार James Pradhan र Krishna Kafle ले विशेष सांगीतिक प्रस्तुति दिएका थिए।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij