Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

रवि लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

रवि लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

नेपाल सम्वत् ११४६, अनलागाः ७ सप्तमी (२४ जेष्ठ, २०८३, ७ जुन, २०२६) आईतबार, बाँपिझ्याला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्। बैठक जेठ २५ गते बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने तय गरिएको छ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी का अनुसार देशको वर्तमान राजनीतिक अवस्था, संसद्‌का गतिविधि तथा राष्ट्रिय सरोकारका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यले बैठक बोलाइएको हो।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको छ। प्रत्येक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुईजना प्रतिनिधि सहभागी हुने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।

रास्वपाले पछिल्लो राजनीतिक घटनाक्रम, संसद्को प्रभावकारी सञ्चालन तथा राष्ट्रिय महत्वका विषयमा दलहरूबीच संवाद र सहकार्य आवश्यक रहेको भन्दै सर्वदलीय बैठकको पहल गरेको हो। बैठकमा समसामयिक राजनीतिक मुद्दा, संसद्को भूमिका र आगामी राजनीतिक कार्यदिशाबारे व्यापक छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार