Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखा उद्योग वाणिज्य संघको २५औँ साधारण सभा सम्पन्न

दोलखा उद्योग वाणिज्य संघको २५औँ साधारण सभा सम्पन्न

नेपाल सम्वत् ११४६, अनलागाः ६ षष्ठी (२३ जेष्ठ, २०८३, ६ जुन, २०२६) शनिवार, बाँपिझ्याला । दोलखा उद्योग वाणिज्य संघले शनिबार २५औँ वार्षिक साधारण सभा सम्पन्न गर्दै हालै निर्वाचित नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। केही दिनअघि सम्पन्न १६औँ जिल्ला अधिवेशनबाट संघमा नयाँ नेतृत्व चयन भएको थियो।

साधारण सभाको अवसरमा संघले आफ्ना शाखा कार्यालयहरूलाई थप सुदृढ र प्रविधिमैत्री बनाउने उद्देश्यले मैनापोखरी, सिंगटी र मागापौवा शाखालाई एक–एक थान ल्यापटप तथा आवश्यक फर्निचर वितरण गरेको छ। संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले शाखाहरूलाई संस्थागत गर्दै उद्योगी–व्यवसायीको हितमा प्रभावकारी सेवा प्रदान गर्न सामग्री उपलब्ध गराइएको जानकारी दिए।

कार्यक्रममा महासचिव सुरेश उप्रेतीले संघको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष श्याम कायस्थले आर्थिक प्रतिवेदन पेश गरेका थिए। साधारण सभामा संघका नवनिर्वाचित अध्यक्ष सनत थापाले सहभागीहरूलाई स्वागत गर्दै व्यवसायीहरूको हित, व्यापार प्रवर्द्धन र संस्थाको विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला–नगर उपाध्यक्ष दिलसुन्दर श्रेष्ठ, बागमती प्रदेश अध्यक्ष वेदबहादुर श्रेष्ठ, उपाध्यक्ष कृष्णकुमार अग्रवाल तथा केन्द्रीय सदस्यहरू सुदर्शन कार्की, नवीन रिजाल र दानबहादुर सुरमेलीको उपस्थिति रहेको थियो।

त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रमेश खतिवडा, राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका श्याम कायस्थ, नेपाली कांग्रेस दोलखाका बाबुकाजी बस्नेत, नेकपाका केन्द्रीय सदस्य गोपाल न्यौपाने, संघका पूर्वअध्यक्ष रामेश्वर मानन्धर तथा नेपाल पत्रकार महासंघ दोलखा शाखाका सचिव सुजन काफ्लेलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

साधारण सभामा दोलखाको आर्थिक विकास, स्थानीय उद्योग–व्यवसायको प्रवर्द्धन तथा निजी क्षेत्रको सशक्तीकरणमा संघले अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार