Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखामा  भाइ माथि खुकुरी प्रहार गर्ने दाजुलाई 'ज्यान मार्ने उद्योग' मा मुद्दा दर्ता

दोलखामा  भाइ माथि खुकुरी प्रहार गर्ने दाजुलाई 'ज्यान मार्ने उद्योग' मा मुद्दा दर्ता

नेपाल सम्वत् ११४६, अनलागाः ६ षष्ठी (२३ जेष्ठ, २०८३, ६ जुन, २०२६) शनिवार, बाँपिझ्याला । दोलखाको भीमेश्वर नगरपालिका–२ डोकथलीमा अधिया खेतको विवादका कारण आफ्नै भाइमाथि खुकुरी प्रहार गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार ४० वर्षीय लोकबहादुर थामी (सहरे) ले आफ्ना ३५ वर्षीय भाइ भीमबहादुर थामीमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन्। जग्गाधनीले अधियामा दिएको खेत फिर्ता लिएर भीमबहादुरलाई ज्यालामा खेत जोत्न लगाएपछि उत्पन्न विवादले उग्र रूप लिएको प्रहरीले जनाएको छ।

बुधबार साँझ करिब ५ः१५ बजे खेतमै पुगेका लोकबहादुरले विवादका क्रममा भाइको टाउको र पाखुरामा खुकुरी प्रहार गरेका थिए। घटनापछि फरार हुन खोजेका उनलाई स्थानीयले नियन्त्रणमा राखेपछि प्रहरी टोलीले खुकुरीसहित पक्राउ गरेको थियो।

घाइते भीमबहादुरको टाउकोको हड्डी फुटेको छ भने उनको टाउकोमा २७ वटा टाँका लगाइएको छ। प्रारम्भिक उपचारपछि उनलाई धुलिखेल अस्पताल रेफर गरिएको छ। हाल उनको अवस्था खतरामुक्त रहेको बताइएको छ।

पक्राउ परेका लोकबहादुरविरुद्ध ‘ज्यान मार्ने उद्योग’ मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत दोलखाबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Letter.jpg
 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार