नेपाल सम्वत् ११४६, अनलागाः ५ पञ्चमी (२२ जेष्ठ, २०८३, ५ जुन, २०२६) शुक्रबार, बाँपिझ्याला । ओम सनातन संस्कृति समाज नेपालले दोलखा जिल्लामा आफ्नो शाखा कार्यालय स्थापना गरी औपचारिक उद्घाटनको तयारी गरेको छ। भीमेश्वर नगरपालिका–३ तार्थलीमा स्थापना गरिएको शाखा कार्यालयको जेठ २४ गते विशेष समारोहका बीच उद्घाटन गरिने भएको हो।
उद्घाटन कार्यक्रमबारे जानकारी दिन संस्थाले चरीकोटमा पत्रकार सम्मेलन आयोजना गरेको थियो। संस्थाका अनुसार सनातन धर्म, संस्कृति, परम्परा तथा मूल्य–मान्यताको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले दोलखा शाखा गठन गरी कार्यालय सञ्चालनमा ल्याइएको हो।
कार्यक्रमअन्तर्गत जेठ २४ गते बिहान १० बजे भीमेश्वर नगरपालिका–३ सातदोबाटोबाट माता, धामी तथा विभिन्न धार्मिक झाँकीसहित विशेष र्याली निकालिनेछ। र्याली भीमेश्वर मन्दिर परिसर पुगेर पूजा–आराधना सम्पन्न गरेपछि तार्थलीस्थित शाखा कार्यालयमा पुग्नेछ, जहाँ कार्यालय उद्घाटनसँगै विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
उद्घाटन समारोहमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, धर्मप्रेमी, समाजसेवी तथा सर्वसाधारणको सहभागिता रहने जनाइएको छ। पत्रकार सम्मेलनमा संस्थाका सचिव कृष्णप्रसाद थपलिया र अध्यक्ष गुरु पुरुषोत्तम के.सी.ले दोलखामा सनातन संस्कृति, सभ्यता र धार्मिक चेतनाको संरक्षण तथा प्रवर्द्धनमा शाखाले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँहरूले जिल्लाभित्र रहेका धर्मप्रेमी तथा संस्कृतिप्रेमी नागरिकलाई कार्यक्रममा सहभागी भई सफल बनाउन समेत आग्रह गर्नुभएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij