Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

प्रतिनिधिसभा निर्वाचन विश्वकै लागि अध्ययनयोग्य : पूर्वप्रधानमन्त्री कार्की

प्रतिनिधिसभा निर्वाचन विश्वकै लागि अध्ययनयोग्य : पूर्वप्रधानमन्त्री कार्की

नेपाल सम्वत् ११४६, अनलागाः ५ पञ्चमी (२२ जेष्ठ, २०८३, ५ जुन, २०२६) शुक्रबार, बाँपिझ्याला । पूर्वप्रधानमन्त्री शुसिला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक उदाहरण बनेको बताएकी छन्। निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै उनले निर्वाचन प्रक्रियाले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाएको उल्लेख गरिन्।

उनले निर्वाचनमार्फत नयाँ दल र नयाँ पुस्ताका प्रतिनिधिहरू विजयी भएर आएको उल्लेख गर्दै जनताले दिएको मतको सम्मान गर्नुपर्ने धारणा व्यक्त गरिन्। निर्वाचित प्रतिनिधिहरूलाई जनअपेक्षाअनुसार काम गर्ने अवसर दिन आवश्यक रहेको उनको भनाइ थियो।

कार्कीले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, सञ्चारकर्मी तथा अन्य सरोकारवाला निकायको भूमिका महत्वपूर्ण रहेको बताइन्। सबै पक्षको समन्वय र सहयोगका कारण निर्वाचन शान्तिपूर्ण तथा व्यवस्थित रूपमा सम्पन्न भएको उनले उल्लेख गरिन्।

कार्यक्रममा पूर्वमन्त्री
अनिल कुमार सिन्हाले चुनौतीपूर्ण परिस्थितिका बीच पनि सरकार, निर्वाचन आयोग र सम्बन्धित निकायहरूको सहकार्यमा कुनै हिंसात्मक घटना बिना निर्वाचन सम्पन्न हुनु सकारात्मक उपलब्धि भएको बताए।

त्यसैगरी पूर्वगृहमन्त्री ओम प्रकाश अर्यालले युवापुस्ताको आकांक्षा र परिवर्तनको भावनालाई सम्बोधन गर्दै सुशासन, राजनीतिक संस्कार र स्थायित्व कायम गर्नुपर्ने आवश्यकता औंल्याए। उनले लोकतन्त्रलाई थप सुदृढ बनाउन जिम्मेवार राजनीतिक अभ्यास र जनविश्वास कायम राख्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार