Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

विश्वकप हेर्न मात्रै बाध्य बनेका फुटबलका ठूला स्टारहरू

विश्वकप हेर्न मात्रै बाध्य बनेका फुटबलका ठूला स्टारहरू

नेपाल सम्वत् ११४६, अनलागाः ५ पञ्चमी (२२ जेष्ठ, २०८३, ५ जुन, २०२६) शुक्रबार, बाँपिझ्याला । फुटबल विश्वकप विश्वका उत्कृष्ट खेलाडीहरूको सबैभन्दा ठूलो मञ्च मानिन्छ। तर हरेक संस्करणमा केही चर्चित खेलाडी चोट, टोलीबाट बहिर्गमन वा आफ्नो देश विश्वकपमा छनोट हुन नसक्दा मैदानमा होइन, दर्शकदीर्घा वा टेलिभिजन अगाडि बसेर प्रतियोगिता हेर्न बाध्य हुन्छन्। यसपटकको विश्वकप पनि यस्तै केही चर्चित नामहरूको अनुपस्थितिले चर्चा बटुलिरहेको छ।

विश्व फुटबलका सुपरस्टारहरू लियोनेल मेसी, किलियन एम्बापे  र लामिने यमाल विश्वकपअघि चोटका कारण चिन्ताको विषय बनेका थिए। यद्यपि उनीहरू समयमै फिट हुँदै आ–आफ्नो राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भए। विशेषगरी मेसी अमेरिकी लिग खेल्ने क्रममा चोटग्रस्त भएपछि विश्वकप खेल्ने वा नखेल्नेबारे अन्योल उत्पन्न भएको थियो। यमाल पनि मांशपेशीमा समस्या आएपछि केही समय मैदानबाहिर रहनुपरेको थियो।

तर सबै खेलाडीको भाग्य यति राम्रो रहेन। फ्रान्सका स्ट्राइकर Hugo Ekitike गम्भीर चोटका कारण विश्वकपबाट बाहिरिएका छन्। ब्राजिलका स्टार खेलाडी RodrygoÉder Militão पनि चोटका कारण प्रतियोगितामा सहभागी हुन नसक्ने भएका छन्। जर्मनीका फरवार्ड Serge Gnabry समेत चोटकै कारण विश्वकपबाट टाढा रहेका छन्।

अर्जेन्टिनाका जोहिन पानिचेली, इङ्ग्ल्यान्डका बेन ह्वाइट, नेदरल्यान्ड्सका जाभी सिमन्स, अमेरिकाका क्यामरन कार्टर–भिकर्स, प्याट्रिक एजिमाङ र जोन कार्डोसो, स्कटल्यान्डका बिली गिलमर तथा स्पेनका फर्मिन लोपेजजस्ता खेलाडी पनि चोटका कारण विश्वकप गुमाउने सूचीमा परेका छन्।

यसपटकको विश्वकपमा अर्को ठूलो चर्चा चार पटकको विश्व विजेता Italy छनोट हुन नसक्नु रह्यो। लगातार तेस्रो पटक विश्वकपमा स्थान बनाउन असफल भएपछि Gianluigi Donnarumma, Sandro TonaliAlessandro Bastoni जस्ता स्टार खेलाडीको खेल विश्वकपमा देख्न नपाइने भएको छ।

त्यस्तै, पोल्यान्ड विश्वकपमा छनोट हुन नसक्दा Robert Lewandowski पनि प्रतियोगिताबाट बाहिरिएका छन्। अफ्रिकी फुटबलका शक्तिशाली राष्ट्रहरू CameroonNigeria समेत छनोट हुन नसक्दा Bryan Mbeumo, Victor OsimhenAdemola Lookman जस्ता चर्चित खेलाडीको खेल पनि दर्शकले हेर्न पाउने छैनन्।

यस्तै, युरोपियन क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरिरहेका Khvicha KvaratskheliaDominik Szoboszlai पनि आफ्नो देश विश्वकपमा छनोट हुन नसक्दा प्रतियोगिताबाट बाहिरिएका छन्।

केही खेलाडी भने चोट वा छनोटको कारणले होइन, प्रशिक्षकको निर्णयका कारण विश्वकप टोलीमा स्थान बनाउन असफल भए। इङ्ग्ल्यान्डका Cole Palmer, Phil Foden, Harry MaguireTrent Alexander-Arnold टोलीबाहिर रहँदा प्रशिक्षक Thomas Tuchel आलोचनाको केन्द्र बनेका छन्। त्यस्तै फ्रान्सका Eduardo Camavinga र अर्जेन्टिनाका Paulo Dybala पनि अन्तिम टोलीमा पर्न सकेनन्।

विश्वकप फुटबल विश्वका उत्कृष्ट खेलाडीहरूको उत्सव भए पनि हरेक संस्करणमा केही चर्चित नामको अनुपस्थितिले प्रतियोगितालाई अधुरो बनाउने गरेको छ। यसपटक पनि धेरै स्टार खेलाडी मैदानमा होइन, विश्वभरका समर्थकसँगै दर्शकका रूपमा विश्वकप हेर्न बाध्य भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार