नेपाल सम्वत् ११४६, अनलागाः ५ पञ्चमी (२२ जेष्ठ, २०८३, ५ जुन, २०२६) शुक्रबार, बाँपिझ्याला । दोलखाको भीमेश्वर नगरपालिका–२ डोकथलीमा आफ्नै दाजुको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका भीमबहादुर थामीको अवस्था हाल खतरामुक्त रहेको छ। बिहीबार बिहान भएको घटनामा टाउकोमा गम्भीर चोट लागेका थामीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल, काभ्रे रिफर गरिएको हो।
खुकुरी प्रहारका कारण उनको टाउकोको हड्डीसमेत फुटेको चिकित्सकहरूले बताएका छन्। गम्भीर प्रकृतिको चोट लागेकाले सिटी स्क्यान (CT Scan) लगायतका थप परीक्षण र उपचारका लागि उनलाई दोलखा अस्पतालबाट धुलिखेल पठाइएको हो। अस्पताल स्रोतका अनुसार घाइतेलाई राती ११ः२८ बजे धुलिखेल अस्पताल पुर्याइएको थियो। चोट गम्भीर भए पनि उनको अवस्था हाल खतरामुक्त रहेको जनाइएको छ।
प्राप्त जानकारीअनुसार भीमबहादुर खेतमा हलो जोतिरहेका बेला उनका जेठा दाजु लोकबहादुर थामी (सहरे) ले एक्कासि खुकुरी प्रहार गरेका थिए। घटनापछि स्थानीय बासिन्दाले आक्रमणकारीलाई उनकै घरमा घेरा हाली नियन्त्रणमा राखेका थिए।
लगत्तै इलाका प्रहरी चौकी दोलखाबाट खटिएको प्रहरी टोलीले लोकबहादुरलाई पक्राउ गरी नियन्त्रणमा लिएको थियो। हाल उनलाई जिल्ला प्रहरी कार्यालय चरिकोटको हिरासतमा राखिएको छ। घटनाको कारण र पृष्ठभूमिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
घटनाले स्थानीय क्षेत्रमा त्रास र चासो पैदा गरेको छ। पारिवारिक विवादका कारण घटना भएको हुन सक्ने आशंका गरिए पनि वास्तविक कारणबारे अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij