Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

बौद्ध तीर्थयात्राका लागि फेरि नेपाल आए हलिउड अभिनेता जेट ली

बौद्ध तीर्थयात्राका लागि फेरि नेपाल आए हलिउड अभिनेता जेट ली

नेपाल सम्वत् ११४६, अनलागाः ४ औशी (२१ जेष्ठ, २०८३, ४ जुन, २०२६) बिहीबार, बाँपिझ्याला । प्रसिद्ध हलिउड तथा चिनियाँ अभिनेता Jet Li पुनः नेपाल आएका छन्। बौद्ध धर्मप्रति गहिरो आस्था राख्ने उनी धार्मिक तथा आध्यात्मिक यात्राका क्रममा बेला–बेलामा नेपाल आउने गरेका छन्।

यसपटक उनी काठमाडौंको नागार्जुन क्षेत्रमा नवनिर्मित Tergar Osel Ling Monastery को उद्घाटन समारोहमा सहभागी भएका छन्। सार्वजनिक भएका तस्बिर तथा भिडियोमा उनी बौद्ध भिक्षुहरू र चर्चित नेपाली अभिनेत्री Manisha Koirala सँग देखिएका छन्। कार्यक्रममा उनकी छोरीको पनि उपस्थिति रहेको बताइएको छ।

स्रोतका अनुसार जेट लीकी छोरी केही वर्षदेखि नेपालका बौद्ध गुम्बासँग आबद्ध रहेकाले पनि उनी नेपाल आउने गरेका छन्। यसअघि पनि उनी विभिन्न गुम्बा तथा Lumbini दर्शनका क्रममा नेपाल आएका थिए।

काठमाडौं बसाइका क्रममा उनले अभिनेत्री मनीषा कोइरालासँग पनि भेटघाट गर्ने गरेका छन्। मनीषा स्वयं आध्यात्मिक तथा ध्यान–योगका गतिविधिमा रुचि राख्ने कलाकारका रूपमा परिचित छिन्।

मार्शल आर्टका अन्तर्राष्ट्रिय हस्ती जेट लीले सन् १९८२ मा Shaolin Temple बाट अभिनय यात्रा सुरु गरेका थिए। पछि Romeo Must Die, The One, War, The Forbidden Kingdom तथा The Expendables जस्ता चर्चित फिल्ममार्फत उनले विश्वव्यापी लोकप्रियता हासिल गरेका हुन्।

 
 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार