Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

भुटानसामु नेपालको ११४ रनको लक्ष्य

भुटानसामु नेपालको ११४ रनको लक्ष्य

नेपाल सम्वत् ११४६, अनलागाः ४ औशी (२१ जेष्ठ, २०८३, ४ जुन, २०२६) बिहीबार, बाँपिझ्याला । एसियन क्रिकेट काउन्सिल (एसीसी) महिला प्रिमियर कपअन्तर्गत नेपालले भुटानसामु ११४ रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियामा बिहीबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनायो।

नेपालका लागि सीता रानामगरले सर्वाधिक ३७ रन बनाइन्। रुबिन क्षेत्रीले २४ रन जोड्दा सोनी पाख्रिनले १३ तथा सम्झना खड्काले १० रनको योगदान गरिन्।

भुटानका बलरहरू छिरिङ जाङ्गमो र सोनामले समान तीन–तीन विकेट लिए। अन्जु गुरुङले दुई विकेट हात पारिन् भने रित्शी छोडेन र रिया प्रधानले एक–एक विकेट लिए।

प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा रहेको नेपालले पहिलो खेलमा कतारलाई आठ विकेटले पराजित गरेको थियो। पहिलो जितको प्रयासमा रहेको भुटान भने उद्घाटन खेलमा हङकङसँग १४ रनले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार